‘शिरजरा’मा भित्रिए महेश त्रिपाठी

बुटवल। अभिनेता महेश त्रिपाठी फिल्म शिरजरा : सङ्ग अफ ग्र्यान्डमदर’मा अनुबन्धित भएका छन् ।निर्माण टिमले फिल्ममा सार्वजनिक गरेको महेश पहिलो कलाकार हुन् । लेखक विकास सुवेदीको डेब्यू निर्देशन रहेको फिल्ममा त्रिपाठीलाई निर्माता सुवास भुषालले साइन गराएका हुन् ।‘महेश पछिल्लो समय अभिनय कौशलकै कारण चर्चामा छन् । उनी जत्तिको कलाकारसँग काम गर्न पाउँदा हामी उत्साहित छौँ,’निर्देशक सुवेदीले भने ।

महेश पछिल्लो समय दर्शक र फिल्म वृत्तमा रुचाइएका कलाकार हुन् । अहिले उनी ‘झिंगे दाउ २’को छायाँकनमा व्यस्त छन् ।महेशले अभिनय गरेको पछिल्लो फिल्म ‘परान’ बक्स अफिसमा हिट छ । ‘परान’बाहेक महेशले ‘लाज् शरणम्’, ‘फेरि रेशम फिरिरी’ ‘हल्कारा’ लगायतका फिल्म अभिनयकै कारण धेरै तारिफ बटुलेका थिए ।‘शिरजरा’का निर्देशक विकास ‘प्रकाश’, ‘पुजार सार्की’, ‘महाभोज’ र रिलिजको छेकोमा रहेको दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’का लेखक हुन् । सुवेदीका अनुसार ‘शिरजरा’ नेपाल, अमेरिका र पोल्याण्डको संयुक्त निर्माणमा बन्नेछ ।

नेपालको किङ्गडम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्म्सले फिल्म निर्माणमा सहकार्य गर्दैछन् । फिल्मको कार्यकारी निर्मातामा क्रिस बेरुटी (अमेरिका) छन् भने पोल्याण्डमा पोष्ट–प्रोडक्सनको काम हुने जनाइएको छ ।फिल्मको हाल प्रि–प्रोडक्सनको काम भइरहेको छ । फिल्म २०२६ फेब्रुअरीदेखि छायाँकनमा जानेछ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*