बैशाख २५ गतेबाट देशभरको हलमा गुरूआमा

बुटवल । फिल्म ‘गुरु आमा’को फष्टलुक्स अर्थात पहिलो पोस्टर सार्वजनिक भपछि दर्शकहरुको मनमा बस्न सफल भएको छ। बैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्मको पोष्टरमा कलाकार मिथिला शर्मा, बुद्धि तामाङलगायत कलाकार देखिएका छन् । फिल्मका निर्माता तथा निर्देशक प्रेम सोनी सुनार हुन् ।

फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टिका सानु, सुस्मा थापा, सुशील पोखरेल, धुर्ब कोइराला, उत्तम के.सी, गिरी बहादुर पुन लगायतका कलाकारको अभिनय छ ।सामाजिक तथा पारिवारिक कथामा तयार गरिएको फिल्मले किशोर किशोरी कसरी दुर्व्यसनमा फस्छन्, सन्तान बिग्रनुमा सङ्गत र अभिभावक कत्तिको जिम्मेवारी हुन्छन् भन्ने विषयलाई गम्भीर तरिकाले उठान गरेको बताईएको छ । फिल्मले शिक्षक, विद्यार्थी र अभिभावकबिचको सम्बन्धमा सुधार ल्याउने निर्देशक सुनारले बताए ।

1 Comment

Leave a Reply

Your email address will not be published.


*