“तिम्रो याद मिठो” भन्दै प्रकाश सायमीको शब्दमा रोमाको सुमधुर आवाज

बुटवल। नेपाली सांगीतिक क्षेत्रमा ऐतिहासिक नाम हो, प्रकाश सायमी। आफैमा भरिपूर्ण गीतका खानी बनेका सायमीका चलचित्र क्षेत्र, गीत संगीत र यस क्षेत्रका व्यक्तिहरुको ईतिहासका सुकिला पानासंगै कसैको सांगीतिक जिबनलाई समेत केलाउने सायमीको पछिल्लो गीत “तिम्रो याद मिठो” लाई रोमा श्रेष्ठले आफ्नो आवाजमा गुञ्जाएकी छिन। एक प्रियसीका यादहरुलाई टपक्क टिपेर स्मृतिका पानामा कलम कोरेका सायमीको गीतलाई रोमाको सुमधुर आवाजले न्याय दिलाएको छ।
स्लो कन्टेन्टमा सजिएको संगीतले एउटा समयको भाव बताउछ भने, आफैसंग भएका प्रेमिल जोडीको अन्तरभावले जो कसैलाई प्रेम-दिवस आइरहँदा याद अझै मिठो बनिदिन्छ। गीतको भिडियोमा कास्टिङ्ग भएका सोहित मानन्धर र ऋतु श्रेष्ठको परिपक्क जोडीले मायाका आभासहरु पनि छताछुल्ल पारेका छन्। प्रविन बराईलीको संगीतमा सजीव बराईलीले एरेन्ज गरेको गीतलाई प्रकाश मिश्रले मास्टरिङ्ग गरेका हुन् भने एकस्टिक स्टुडियोमा गीतलाई जीवन्त दिइएको छ।
फिट कलाकारलाई सुनिरहू लाग्ने गीतमा अभिनयमा बगाएर निर्देशन,सम्पादन तथा परिकल्पना गरेका लुजा सिंहले गीतको मर्म अझै प्रस्ट्याएका छन्। गौतम श्रेष्ठको सीनेमाटोमा तयार गीत भर्खर युट्युबमा सार्बजनिक भएको हो। हिराकाजी श्रेष्ठको प्रस्तुति रहेको गीतलाई लुजा ईण्टरटेनमेण्टले बजारमा ल्याएको हो। नेपालि सांगीतिक आकाशमा रोमा श्रेष्ठ नयाँ नाम होइन उनका एक्लै हुँदा तिम्रो याद गीत समेत दर्शक श्रोताले मनपराएका थिए।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*