फिल्म ‘परान’ले १७ करोड ७१ लाख १७ हजार ८३० नेरु ग्रस कमाएको छ र ६ लाख २८ हजार ७९३ टिकट बिक्री भएको छ।फिल्म ‘हर्ष’ले २८ लाख ७८ हजार ८३६ नेरु ग्रस कमाएको छ र ८८६८ टिकट बिक्री भएको छ।फिल्म ‘अभिमन्यु’ले २१ लाख ५८ हजार ४०२ नेरु ग्रस कमाएको छ र ६८९२ टिकट बिक्री भएको छ।
नीर शाह स्टारर सुपरहिट फिल्म ‘परान’ ले पछिल्लो शनिबारसम्म सिनेपाः बक्सअफिसमा १७ करोड ७१ लाख १७ हजार ८३० नेरु ग्रस कमाएको छ ।दीपक आचार्य काकु निर्देशित फिल्मले सोही अवधिसम्म ६ लाख २८ हजार ७९३ वटा टिकट बेचेको छ ।खगेन्द्र लामिछाने स्टारर ‘हर्ष’ ले सोही अवधिसम्म २८ लाख ७८ हजार ८३६ नेरु ग्रस कमाएको छ ।
यसका ८८६८ वटा टिकट विक्री भएका छन् ।कामेश्वर चौरासिया स्टारर ‘अभिमन्यु’ ले २१ लाख ५८ हजार ४०२ नेरु ग्रस कमाएको छ । यसका ६८९२ टिकट बिकेका छन् ।शोभित बस्नेत निर्देशित ‘पीआर’ ले ६ लाख ८२ हजार २८३ नेरु ग्रस कमाएको छ । सोही अवधिमा यसका २१६६ वटा टिकट विक्री भएका छन् ।‘मुगलान’ ले ६ लाख ५ हजार २९४ नेरु ग्रस कलेक्सन गरेको छ । यसका २२८८ वटा टिकट बिकेका छन् ।



Be the first to comment