बुटवल। तीजको माहोल तातिरहेको बेला बजारमा जल राप्ती डिजिटलले पियारी बोलको तीज गीत युट्युबमा सार्बजनिक गरेको छ। प्रेमलाप सहितको बार्तालापमा श्रीमान श्रीमतीको माया झल्किने गरि सार्बजनिक गरिएको गीतलाई भुपेन्द्र रानाले निर्देशन गरेका छन्। नव नायिका तथा मोडलको रुपमा सम्भावना बोकेकी दिपा लकंरीको सशक्त अभिनय रहेको सो तीज गीत भिडियोमा जेन्स मोडलको रुपमा विजय पुन संगै अभिनयमा सम्झना सुनार र कमल विश्वकर्माले साथ् दिएका छन्। जिउडाल आकर्षक र अभिनयमा पोख्त बनेकी दीपाको अभिनय तीज गीत पहिरनमा झनै खुलेको छ। उनको अभिनयमा नव कलाकारको छनक देखिदैन। नेपाली गीत संगीतमा मोडलको रुपमा उदाएकी दिपालाई यो तीज गीतले संगीत र अभिनयको गोरेटोमा साथ् दिने पक्का छ।
त्यसो त गीतमा आवाजका धनी सुमधुर स्वरका गायक भुपेन्द्र राना, सम्झना सुनार, नबराज बस्नेत,रन्जु सुनारको आवाज रहेको छ भने सुबाश क्षितिज/ हुक्लाइन को संगीत र सिताराम परियारको शब्द रहेको छ। डायनामिक स्टुडियोमा रेकर्ड भएको सो तीजगीतमा कृष्ण केसीको एरेन्ज रहेको छ भने बिमल छिन्नालले अडियो सम्पादन तथा मास्टरिङ्ग गरेका छन्। गीतमा रेकर्डिस्टको रुपमा लक्ष्मण सिन्यारी रहेका छन्। अभिनयमा जमाएका निर्देशकको शसक्त निर्देशनमा दिलिप राईले कोरियोग्राफी गरेका छन् भने दिनेश डांगीको टीमले करिव ३० कोरस राखी सिनेमाटोग्राफी गरेका छन्। जसमा कलर अनिल विस्ट प्युठानीको रहेको छ भने एमयुए अनिसा नानुको रहेको छ। सो तीजगीतलाई रन्जु सुनार आफ़िसियल य़ुट्युब च्यानलमा हेर्न सकिन्छ। गीतलाई चमेली दोहोरी स्टुडियो,बाँसुरी अनलाइन टिभी र सुमन विश्वकर्माले सहयोगी भूमिका खेलेका छन् ।



Be the first to comment