बुटवल। गायिका एलिना चौहानले पहिलो पटक आफ्नै डिभोर्सको कथा खुलेर सार्वजनिक गरेकी छन्। एक पोड्कास्टमा बोल्दै उनले विवाह, सम्बन्ध र छुट्टिने निर्णयका बारेमा प्रस्ट रूपमा कुरा गरिन्।‘तपाईंले पूर्वपतिको ४० तोला सुन लिएर गएको हो ?’ भन्ने प्रश्नमा एलिनाले भनिन्, ‘मेरो त बिहेको खर्च पनि धेरै भएको थियो। डिभोर्स गर्दा उताबाट केही पनि मागिन, मसँग भएको सुन मैले नै राखेको हो।’उनले सुन लिएको कुरा स्वीकार गरे पनि कति तोला थियो भन्ने भने खुलाइनन्।
उनले भनिन्, ‘मलाई त्यतिखेर धेरै चित्त दुखेको थियो। आखिरी, यत्रो माया गरेको मान्छे, बिहे गरेको मान्छे अन्तिम चोटि चै मलाई भेट्न आउनुहुन्छ होला, केही भन्नुहुन्छ होला भन्ने मलाई आस थियो, तर वहाँले साइन (डिभोर्स पेपरमा) पठाइदिनु भो। त्यहीबाट देखिन्छ नी त कति माया थियो भन्ने कुरा त।’एलिनाको यो भावनात्मक अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। त्यसअघि उनले पूर्वपतिका बारेमा ‘लाज लाग्यो’ भन्दै गरेको कमेन्ट पनि भाइरल छ।



Be the first to comment