संवादहीनता तोड्दै भुवन र प्रदीपले हाले अंगालो

रंगिन पर्दा / बुटवल बैशाख २६ गते २०८० काठमाडौं । गत असोजमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र ‘प्रेमगीत ३’ निर्माण समूहबीच निकै आरोप–प्रत्यारोप चल्यो । विवाद र नोकझोंक यति चल्यो कि अभिनेता प्रदीप खड्काले पत्रकार सम्मेलनमै बोर्ड अध्यक्ष केसीको राजीनामा मागे । यसपछि झनै विवाद चुलियो ।

विवादकै कारण ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालीकै मितिमा प्रदर्शन सकेन । सामाजिक सञ्जालदेखि कार्यक्रममा समेत ‘प्रेमगीत ३’ र अध्यक्ष केसीबीच वाकयुद्ध चल्यो । यो विवादमा उद्योग नै दुई ध्रुवमा विभाजित जस्तो देखिन्थ्यो । तर यो विवाद अहिले आएर मत्थर भएजस्तो देखिएको छ ।

विवादको ६ महिनापछि अहिले आएर अध्यक्ष केसी र अभिनेता खड्काबीचको संवादहीनता तोडिएको छ । बुधबार काठमाडौंमा आयोजित एक अवार्ड समारोहमा यी दुईले स्टेज सेयर गरेका छन् । ग्यालेक्सी एक्सिलेन्स अवार्डमा भुवन प्रमुख अतिथिको रुपमा उपस्थित थिए । प्रदीप सम्मान थाप्न मञ्चमा पुगे । प्रदीपलाई टोपी लगाइदिएर बधाई दिने काम भुवनले गरे ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*