विदेशमा रहेका नेपालीको कथावस्तुमा फिल्म ‘यो मन त मेरो नेपाली हो’ बन्ने

बुटवल, ५ मंसिर २०८०। विदेशमा रहेका नेपालीको कथावस्तुमा फिल्म ‘यो मन त मेरो नेपाली हो’ निर्माण हुने भएको छ । अमेरिकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधानले यसलाई निर्देशन गर्नेछन् । निर्माता कम्पनी पद्म इश्वर इन्टरटेनमेन्टले बनाउन लागेको फिल्म छायांकन मंसिर ६ गतेदेखि सुरु हुने जनाइएको छ । पाँचथरदेखि सुरु हुने छायांकन भारतको सिक्किम र देहरादून, म्यानमार, अमेरिका र क्यानडामा समेत हुने जारी विज्ञप्तिमा उल्लेख छ । छायांकनसँगै विषयवस्तुको समेत अध्ययन गर्नुपर्ने भएकाले योजनाभन्दा केही समय बढी निर्माणमा लाग्ने जनाइएको छ ।

फिल्मले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास र गौरवलाई उठान गर्ने निर्देशक प्रधानले बताए । पटकथा लेखक शिवम् अधिकारी हुन् । अमेरिका, म्यानमार, भुटान र भारतका चारजना नेपाली भाषी अभियन्ताले नेपाली भाषालाई लिएर गरेको अनुसन्धानमा फिल्म आधारित हुने लेखक अधिकारीले बताए ।

फिल्ममा विल्सनविक्रम राई, बुद्धि तामाङ, रोशन श्रेष्ठ, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेघ सुवेदी, सुशान्त श्रेष्ठ, ध्रुब दत्त आदिको अभिनय रहने छ । दीपक शर्माको संगीत निर्देशन, सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन रहने उल्लेख छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*