राजेश हमाल लिएर भुवन केसी पर्यटन बोर्डमा,पर्यटन प्रवर्द्धनबारे छलफल

रंगिन पर्दा, भाद्र १ गते २०७९। चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी र अभिनेता राजेश हमालले पर्यटन क्षेत्रको विकासमा सहकार्यका लागि पर्यटनलाई बोर्डलाई प्रस्ताव गरेका छन् ।पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई भेटन आइतबार भुवन राजेशलाई लिएर पर्यटन बोर्डमा पुगेका थिए । दुई पक्षबीच भएको छलफलमा फिल्ममार्फत पर्यटन विकासमा सघाउन सकिने उपायबारे छलफल भएको थियो ।

सरकारले हालै घोषणा गरेको नेपाल भ्रमण दशकलाई फिल्म क्षेत्रको माध्यमबाट कसरी योगदान पुर्‍याउन सकिन्छ भन्नेबारे छलफल भएको भेटपछि अध्यक्ष केसीले जानकारी दिए ।छलफलमा पर्यटन बोर्ड सीईओ रेग्मीले नेपाललाई अन्तर्राष्ट्रिय छायांकन थलोको रुपमा विकास गर्नुपर्ने र यसका लागि बोर्डले नेपालमा छायांकन हुने फिल्मलाई छुट दिन आफूहरु तयार रहेको बताएका थिए ।सरकारले पनि यो आर्थिक वर्षको बजेटमार्फत नेपाललाई अन्तर्राष्ट्रिय छायांकन केन्द्रको रुपमा विकास गर्ने घोषणा गरिसकेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*