रणवीर कपुरमाथि गेमिङ एप प्रचारमा सघाएको आरोप, सोधपुछका लागि ईडीले बोलायो

बुटवल,असोज १८ गते । बलिउड अभिनेता रणवीर कपुरमाथि महादेव गेमिङ एपको प्रवर्द्धन गरेको आरोप लागेको छ । यस विषयमा आवश्यक सोधपुछका लागि भारतको प्रवर्तन निर्देशनालय (ईडी)ले शुक्रबार उपस्थित हुन पत्र पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रणवीरले उक्त गेमिङ एपको प्रचार गरेको र जसबाट उनलाई प्राप्त भएको पारिश्रमिक अपराधको कमाइ भएको निर्देशनालयको दाबी छ । पछिल्लो समय पाँच हजार करोड भारु मनी लाउन्ड्रिङ मुद्दामा दुबईबाट अनलाइन सट्टेबाजी एप चलाउने सौरभ चन्द्राकर र उनका व्यापारिक साझेदार रवि उप्पलविरुद्ध अनुसन्धान चलिरहेको छ ।

रिपोर्टका अनुसार रणवीर महादेव अनलाइन गेमिङ एप केसका आरोपी सौरभ चन्द्राकरको विवाहमा सहभागी भएका थिए । दुबईमा भएको यो विवाहमा सौरभले २०० करोड रुपैयाँ खर्च गरेका थिए । त्यसबेला रणवीरलगायत अन्य थुप्रै सेलिब्रेटी पनि प्रस्तुति दिएका थिए । सौरभमाथि हवालामार्फत सेलिब्रेटीलाई पैसा दिएको आरोप छ । एकैसाथ, प्रवर्तन निर्देशनायले अनलाइन गेमहरूको विज्ञापन मार्फत कोषको पनि अनुसन्धान गर्नेछ । गत महिना वित्तीय धोकाधडीको अनुसन्धान गर्ने एजेन्सीले अनलाइन सट्टेबाजीको आरोपमा ४१७ करोड रुपैयाँ जफत गरेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*