‘रंगेली’ भारतका सय पर्दामा हिन्दी भाषामा रिलिज हुने

बुटवल, २०८० चैत ४ गते । दयाहाङ राई र मिरुना मगर स्टारर ग्याङस्टर ड्रामा ‘रंगेली’को भारत प्रदर्शन तय भएको छ । यो फिल्मलाई एन मुभिज र जनता सिनेमाले भारत वितरण गर्न लागेका हुन् । एन मूभिजले भारतीय फिल्महरु हनुमान, पेज ३, मालामाल विक्ली, कर्पोरेट, ट्राफिक सिग्नल, जन्नत, न्युटन लगायतका फिल्म वितरण गरेको निर्माताद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यी दुई वितरण कम्पनीले ८० मुलुकमा पनि फिल्म वितरण गर्दै आएको जनाइएको छ । कार्यकारी निर्माता जितेन्द्र खतिवडाका अनुसार ‘रंगेली’ भारतका सय पर्दामा रिलिज हुनेछ ।

भारतको प्रदर्शन मिति केही दिनमा घोषणा गर्ने तयारी छ । हिन्दी डबिङको काम मुम्बईमा भैरहेको छ । फिल्म अमेरिकामा रिलिज भैसकेको छ । क्यानडा, जापान, दक्षिण कोरिया, मलेसिया, दुबई, कतार, बहराइन, साउदी अरब र ओमनमा पनि फिल्म प्रदर्शनको तयारी रहेको जनाइएको छ । लामो समयदेखि अमेरिकामा फिल्म वितरणको कार्य गर्दै आइरहेका अर्जुन सुवेदीको यो डेब्यु फिल्म समेत हो । पूर्वी सहर रंगेलीमा आफ्नो वर्चस्व कायम गर्न ग्याङस्टर चरित्रहरुले गर्ने संघर्ष यसको कथावस्तु हो ।

दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका छ । यस गीतमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*