मुम्बईको फिल्म फेस्टिभलमा विदुषी गिरीको फिल्म ‘चिसो घर’

बुटवल,असोज २९ गते । विदुषी गिरीको लेखन र डेब्यू निर्देशनमा बनेको छोटो फिल्म ‘चिसो घर’ भारतको मुम्बईमा हुने जियो मामी मुम्बई फिल्म फेस्टिभलमा छानिएको छ। यसै फेस्टिभलबाट गिरीको सोसल ड्रामा जनराको फिल्म ‘चिसो घर’ वर्ल्ड प्रिमियर गरिने छ। फिल्मकी निर्देशक गिरीका अनुसार फिल्म फोकस साउथ एसिया सेक्सनअर्न्तगत वर्ल्ड प्रिमियरका लागि छानिएको हो। यो फिल्म उक्त फेस्टिभलमा अप्रतिपर्स्धी फिल्मका रूपमा छनोट भएको छ। थर्ड डाईनेन्सन पिक्चर्स, सिमल सिनेमा र एभरेष्ट फिल्म एकेडेमीले संयुक्त रूपमा निर्माण गरिएको ११ मिनेट लामो फिल्ममा सोनिका शाही ठकुरी, सरीता गिरी, लोकेन्द्र लेखक, सुवास बम्जन, मारिया कार्कीलगायत कलाकारको अभिनय छ। विदुषीकै कथा, पटकथा र संवाद, विपिन स्थापितको पाश्र्व संगीत र साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको कलर, चक्र महर्जनको छायांकन र पासाङ दावाको सम्पादन रहेको छ।

यो फेस्टिभल आगामी अक्टोबर २७ देखि नोभेम्बर ५ सम्म चल्नेछ। ७० भन्दा धेरै देशका दुई सय ५० फिल्म सहभागी फेस्टिभलमा यस वर्ष नेपाली फिल्मको बाहुल्यता रहेको छ। बलिउड अभिनेत्री प्रियंका चोपडा अध्यक्ष रहेको फेस्टिभलमा नेपाली फिल्महरू विभिन्न विधाका लागि छनोट भएका छन्।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*