सुमन श्रेष्ठ , बुटवल। बुटवलमा द हटिया मार्केट अभियानको शरुवात भएको छ। एउटा म्युजिकल साँझसंगै युवाहरुले आफै बनाएको खाजा तथा अन्य उत्पादनको प्रबर्द्धनका लागि सेभेन एसीसको आयोजनामा बुटवलमा सांगीतिक फुड प्रदर्शनी भएको छ। द हटिया मार्केट नाम दिइएको सो ईभेण्ट बुटवलको मिलनचोक तिनकुने स्थित हट कपमा आयोजना गरिएको सो प्रदर्शनीमा घरमै निर्माण गरिएको उत्पादित बस्तुहरुको प्रदर्शनी गरिएको सेभेन एसीसका संचालक बिपिन कुँवरले बताए। विभिन्न किसिमका गजल गीत तथा माधुर्य सांगीतिक कोसेली पस्कदै स्थानिय युवाहरुले घरमै समुहमा उत्पादन गरेका खाजा तथा मानव उपयोगी साधनहरुको प्रबर्द्धनका लागि सो कार्यक्रम द हटिया मार्केट आयोजना गरिएको सो सांगीतिक कार्यक्रममा सगुन थापा र सुश्मी रकजिनले आ आफ्नो प्रस्तुति सहित दर्जनौ गीत राखेका थिए।
द हटिया मार्केटले संगीतसंग बस्तुको व्यापार प्रबर्द्धनलाइ जोड्दै बुटवल र आसपासका क्लब, रेस्टुरेण्ट, होटल तथा रिसोर्टहरुमा संचालन गरिने यस्ता कार्यक्रमले दर्शक संगै उपभोक्तालाई प्रत्यक्ष जोड्ने संचालक कुँवरको भनाई छ। द हटिया मार्केट प्रदर्शनी फरक फरक तरिकाले फरक फरक ठाउँमा हुने आयोजकले बताएको छ। प्रदर्शनीमा बेकरी आइटम, प्लाण्ट्स, विभिन्न किसिमका ब्याग, डायरी बुक, धुपबत्ति, कफी, मोबाइल एसेसरिज तथा कभर, कलात्मक चित्र तथा आकृति, खाजा, परफ्युम, चट्पट लगायतका घरायसी उत्पादन बिक्री तथा प्रदर्शनी गरिएको थियो।
Be the first to comment