पुरानो म्युजिक भिडियोको क्लिपलाई लिएरअहिले आलोचित छन् प्रकाश सपुत

बुटवल, २० मंसिर २०८० । सामाजिक संजालमा प्रकाश सपुत अभिनित एक पुरानो म्युजिक भिडियो छायांकन बेलाको एक क्लिप यतिबेला भाइरल छ । उक्त दृश्यमा सपुत र जुना विश्वकर्मा वसन्तपुरको एक पानी ट्यांकीमाथि नाचिरहेका छन् । क्लिप सेयर गर्दै संजाल प्रयोगकर्ता ‘परदेशी २’ अभिनेतामाथि खनिएका छन् । हुन त यो भिडियो चार महिनाअघिको हो । यो म्युजिक भिडियोको कोरियोग्राफी शंकर बीसीले गरेका थिए । तर, यसबेला आएर सपुतले संजालमा गाली गाइरहेका छन् ।

वसन्तपुरको कुमारी घरनजिकै रहेको उक्त इनारमाथि उभिएर सपुत र जुनाले तीजको गीतमा नाचिरहेका छन् । गीतको भिडियोमा ट्यांकीमाथि उभिएको दृश्य देखिँदैन तर, छायांकन हेरिरहेका दर्शकले सामाजिक संजालमा अहिले आएर पोस्ट गरेपछि यसले चर्चा बटुलेको हो । ‘जीवित देवी’ कुमारीले खानेपानीका लागि प्रयोग गर्ने बताइएको उक्त ट्यांकीमाथि उभिएर नाचेपछि सपुत आलोचित छन् । उक्त गीतको पुरै छायांकन वसन्तपुर क्षेत्रमा भएको थियो । सामाजिक संजालको प्रतिक्रिया हेर्दा उक्त म्युजिक भिडियोको सुटिङ गरेर सपुतले नेवाः सभ्यता र संस्कृतिमाथि अपमान गरेको लेखेका छन् ।

इतिहासविद्का अनुसार उक्त इनार मल्लकालमा बनाइएको र त्यो कुमारीको नीजि इनार समेत हो । हिउँदमा कुमारीले सो इनारको पानी प्रयोग गर्ने बताइन्छ । तर, उनले अन्य केही मिडिया कुराकानीमा सपुतले आफूहरुबाट गल्ती भएको भन्दै माफी मागेका छन् । काठमाडौं महानगरले पछिल्लो समय वसन्तपुर क्षेत्रमा फिल्म, वृत्तचित्र र म्युजिक भिडियो छायांकनका लागि शुल्क तोक्दै निश्चित नियम ल्याएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*