नेपाली युवकसँग बलिउड अभिनेत्रीको इन्गेजमेन्ट

बुटवल, २०८० आसोज २ गते । बलिउड फिल्म ‘जुगजुग जियो’की अभिनेत्री प्रजक्ता कोलीले नेपाली प्रेमी वृशांक खनालसँग इन्गेजमेन्ट गरेकी छन् । १२ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले आइतबार आफूहरुबीच इन्गेजमेन्ट भएको जनाएका छन् ।

भारतमा ‘मस्टली सेन’ नामक युट्युबरको रुपमा चर्चित कोलीले यस वर्ष रिलिज भएको हिन्दी फिल्म ‘जुगजुग जियो’मा अभिनेता वरुण धवनकी बहिनीको भूमिका निर्वाह गरेकी छन् ।इन्स्टाग्राममा इन्गेजमेन्ट औंठीसहित वृशांकसँगको रोमान्टिक तस्वीर सेयर गर्दै कोलीले लेखेकी छन्, ‘वृशांक खनाल अबदेखि मेरो पूर्वप्रेमी ।’ वृशांकले पनि इन्स्टाग्राममा उनीसँगका रोमान्टिक तस्वीर सेयर गरेका छन् । यो जोडीलाई थुप्रै फ्यानले शुभकामना दिइरहेका छन् ।

बलिउड अभिनेता तथा प्रजक्ताका को–स्टार अनिल कपुरले पनि हार्ट–इमोजी प्रस्तुत गर्दै बधाई भन्दै कमेन्ट गरेका छन् । वरुण धवनले केही रेड हार्टसहितको कमेन्ट गरेका छन् । सान्या मलहोत्रा, मनिष पौल, रोहित सर्राफ, नेहा कक्कर, सारा तेन्दुलकर, कुसा कापिला, अरमान मलिक, आतिथ्या सेट्टी, भारती सिंह, लिली सिंह, सञ्जना सांगी लगायतले पनि मीठो सन्देश दिएका छन् ।

 

यी दुवै जना अहिले अमेरिकामा छन् । वृशांकले अमेरिकामा कानुन व्यवसाय गर्दै आइरहेका छन् । काठमाडौं घर भएका वृंशाक मुम्बईमा रहँदाखेरि नै प्रजक्तासँग साथी बनेका थिए । प्रजक्ताले ‘जुगजुग जियो’बाहेक विद्या बालन स्टारर ‘नियत’ र अर्को फिल्म ‘मिसम्याच्ड’मा पनि अभिनय गरेकी छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*