नेपाली बक्स अफिसमा ‘बार्बी’ले चार दिनमा २८ लाख रुपैयाँ कमाई ‘ओपेनहाइमर’को कति ?

बुटवल , २०८० साउन ९ गते। पछिल्लो साता नेपाली बक्स अफिसमा हलिउडको दबदबा देखिएको छ । पछिल्लो समय रिलिज भएका फिल्मले दर्शकलाई हलसम्म तान्न मुश्किल भइरहेको बेला ‘ओपेनहाइमर’ले आक्रामक ओपनिङ गरेको छ ।

शुक्रबार रिलिज भएको फिल्मले सोमबार बेलुकासम्म नेपाली बक्स अफिसमा एक करोड ३० लाख रुपैयाँ नेट (डेढ करोड रुपैयाँ ग्रस) कलेक्सन गरेको चलचित्र विकास बोर्डले जनाएको छ ।

सोही दिन रिलिज भएको अर्को हलिउड फिल्म ‘बार्बी’ले चार दिनमा २८ लाख रुपैयाँ नेट (४२ लाख रुपैयाँ ग्रस) कमाइ गरेको बोर्डले जनाएको छ । तर अन्तर्राष्ट्रिय बजारमा चाहिं ‘बार्बी’ले ‘ओपेनहाइमर’भन्दा दोब्बर बढीको पहिलो सप्ताहन्त ओपनिङ गरेको छ । सरोज खनाल निर्देशित ‘बगान’को दोस्रो सोमबारसम्मको कमाइ ६० लाख रुपैयाँ ग्रस रहेको बोर्डले जनाएको छ ।

‘परमाणु बमका पिता’ मानिने अमेरिकी भौतिकशास्त्री जे रोबर्ट ओपेनहाइमरको जीवनीमाथि आधारित परमाणु बम थ्रिलर फिल्म ‘ओपेनहाइमर’को क्रेज नेपालमा अन्यभन्दा उच्च देखिएको छ । मंगलबार मध्यान्ह हलहरुमा ‘ओपेनहाइमर’को अकुपेन्सी ५० प्रतिशत हाराहारीमा देखिएको छ ।

युवापुस्ताका दर्शकमाझ निर्देशक क्रिस्टोफर नोलनको क्रेज र सकारात्मक समीक्षाका कारण ‘ओपेनहाइमर’को ओपनिङ उच्च देखिएको अनुमान छ ।

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*