काठमाडौं : कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘मन बिनाको धन’ले देशभर आक्रामक प्रचारप्रसार सुरु गरेको छ । काठमाडौं, पोखरा, चितवन, नेपालगञ्ज, इटहरी लगायत प्रमुख सहरका अटो र इ–रिक्सामा सिनेमाका फ्लेक्स झुण्ड्याइएको छ भने ठूला होर्डिङ बोर्डमार्फत पनि प्रचार भइरहेको छ।निर्माता–निर्देशक टंक बुढाथोकीले सिनेमालाई एउटा अभियानका रूपमा अघि बढाइरहेको बताउँदै तिहारपछि ट्रेलर र गीत सार्वजनिक गर्ने जानकारी दिएका छन् । बाटोमा गीत गाएर चर्चित बनेका अशोक दर्जीलाई केन्द्रमा राखेर बनेको यो सिनेमाले सामाजिक सन्देश प्रस्तुत गर्छ ।
बुढाथोकीकै कथा र निर्देशनमा बनेको सिनेमामा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, नीता ढुंगाना, रमा थपलिया, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ ।सिनेमाको संगीत टंक बुढाथोकीले गरेका हुन् भने छायांकन सौरभ लामाले र सम्पादन मित्र डी. गुरुङले गरेका छन्। सिनेमालाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।



Be the first to comment