बुटवल,मङ्सिर ३ गते। दशैँ र तिहारको बीचको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारंगी’ले बक्सअफिसमा राम्रो व्यवसाय गरिरहेको छ । करिव १६ दिनमा ३२ करोड जम्मा गर्न सफल फिल्मले सोमबार सार्बजनिक बिदा भएकाले पनि फिल्मको व्यवसाय अझै राम्रो भयो । बुटवल र भैरहवाका फिल्महलमा एकाएक बिजय बराललाई देखेपछि दर्शकले फिल्म हेर्न छाडेर अँगालो मार्दै सेल्फी खिच्न भ्याईनभ्याई गरेपछि दर्शकमा झनै उत्साह थपियो। भावुक बनेका दर्शकले गरेको अपार मायाप्रति बिजय बराल नतमस्तक थिए।
प्रदर्शनको सुरुको दिन देखिनै यसका कलाकार विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ्ग लगायत निर्माता तथा निर्देशक बिनोद पौडेल, सरोज पौडेल उपत्यकाको विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेका छन् । फिल्मले महा सफलता पाए संगै कलाकारको साथमा निर्माता संगै बिजय बराल मोफसल यात्रामा दर्शक भेट्न पुगेका छन्। सोमबार बुटवल आएका बरालले दर्शकलाई बुटवलको ४ वटा हल र भैरहवाका केहि हलमा गई दर्शकको प्रत्यक्ष प्रतिक्रिया लिएका छन्। आफुलाई प्रतिक्रियाले थप हौसाएको बताउदै बरालले नेपाली फिल्मलाई माया गर्ने दर्शकले गर्दा आफु यो स्थान सम्म आएको बताएका छन् । उनले यस क्षेत्रका हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका छन।
सरोज पौडेलको कथा तथा निर्देसहन रहेको फिल्ममा विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल,बुद्धि तामाङ, माओत्से गुरुङ, बिनोद न्यौपाने,जान्वी पौडेल,बालकलाकार संयम केसी,भोलाराज सापकोटा,देशभक्त खनाल लगायतको अभिनय छ ।फिल्मका निर्माता बिनोद पौडेल,पत्रिक सुबेदी हुन्। भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ,रमेश ढकाल रहेका छन्। फिल्म बुवाले आफ्ना छोराछोरीको शिक्षाका लागि गरिएको दु:ख कस्ट र मेहनत तथा त्यागको कथामा बनेको हो । फिल्म दोस्रो साता क्रस गर्दा पनि सबै हलमा फुलहाउसमै चलिरहेको थियो।
Be the first to comment