टुंगियो किम र डेभिड्सनको रोमान्स

रंगिनपर्दा साउन २१ गते २०७९। हलिउड स्टार किम कार्दासियन पुनः सिंगल बनेकी छन् । ई-न्यूजका अनुसार पिट डेभिडसन र कार्दासियनबीचको सम्बन्ध टुंगिएको छ र दुबैजनाले साथी मात्र बन्ने निर्णय गरेका छन् ।निकट स्रोतका अनुसार एकअर्कामा माया र सम्मान हुँदाहुँदै पनि सम्बन्धमा केही दूरी र सेड्युलको कारण रिलेसनसिपलाई जोगाउन कठिन भएको हो । यसै साता ब्रेकअप भएको जनाइएको छ ।पिटले यतिबेला अष्ट्रेलियामा छायांकन भैरहेको फिल्म ‘विजार्ड’मा काम गरिरहेका छन् ।

किम भने पूर्वपति केनी वेस्टसँगै आफ्ना चार सन्तानहरु नर्थ, सालम, सिकागो र सेन्टको हेरचाह गरिरहेकी छन्।‘केनीसँगको डिभोर्स अघि बढिरहेको छ’ स्रोतले इ-न्यूजसँग भन्यो, ‘उनीहरुले खुशिसाथ अभिभावकत्व निर्वाह गरिरहेका छन् ।’गत नोभेम्बरदेखि पिट र किमले डेटिङ गरिरहेका थिए । त्यो समय दुबैजना जहाँ गएपनि खुशि देखिन्थे । पिटले किमबाहेक अरुलाई हेर्न नचाहेको समेत बताएका थिए । किमले पनि आफू अति गम्भीर नभएपनि पिटबाहेक अरुलाई नहेरेको बताएकी थिइन् ।गत अक्टोबरमा किमले आयोजना गरेको ‘स्याटर्डे नाइट लाइभ’मा पहिलोपटक पिट र किमले चुम्बन गरेको देखिएको थियो । त्यसपछि उनीहरुको रोमान्स मौलाउँदै आयो ।

तर, फिल्म सुटिङको लागि पिट अष्ट्रेलियामा रहँदा दुबैजनाले लङ डिस्टेन्स रिलेसनसिपलाई अघि बढाइरहेका थिए । तर, अब उनीहरु अलग भएका छन् र हलिउडमा केटी (दुबैजनालाई बोलाइने शब्द) युग सकिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*