‘जवान’ निर्देशक एटलीसँग रिसाइन् नयनतारा!

बुटवल, असोज ८ गते । दक्षिण भारतीय अभिनेत्री नयनताराले ‘जवान’ बाट बलिउड फिल्ममा डेब्यू गरेकी छन्। हाल उनी प्रदर्शनरत फिल्मप्रति असन्तुष्ट भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। ‘जवान’ ले भारतीय बक्स अफिसमा मात्र नभई विश्वभरबाट आक्रमक व्यापार गरिरहेको छ। फिल्मले भारतमा मात्रै ५६३ करोड २० लाख कमाएको छ।फिल्म रिलिजपछि निर्देशक एटली र नयनताराबीच मनमुटाव सुरू भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। फिल्ममा शाहरूख खान र नयनताराको मुख्य भूमिका छ। फिल्मबाट आफ्नो केही दृश्य काटिएपछि उनी निर्देशक एटलीसँग रिसाएकी हुन्।

यति मात्र होइन, उनी बलिउड फिल्ममा काम नगर्ने मनस्थितिमा पुगेकी छन्। हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार मुख्य भूमिकामा आफू भएपनि बलिउड अभिनेत्री दीपिका पादुकोणको पात्रलाई महत्व दिएको उनको गुनासो छ। शाहरूख र दीपिकाले ‘ओम शान्ति ओम, चेन्नई एक्सप्रेस, न्यु इयर, पठान’ जस्ता फिल्ममा काम गरेकी छन्। ‘जवान’ मा उनको विशेष भूमिका थियो। ‘यस फिल्ममा दीपिकाको केमियो थिएन। जवान लगभग शाहरूख र दीपिकाको फिल्म जस्तै बनाइएको थियो,’ नयनताराको नजिक स्रोतले हिन्दुस्तान टाइम्ससँग भनेका छन्, ‘नयनतारा साउथकी सुपरस्टार हुन्। जवानमा जसरी उनको भूमिका काटियो, यसबाट उनी खुशी छैनन्। त्यसैले उनी तत्काल कुनै बलिउड फिल्ममा नदेखिने भएकी छन्।’

नयनताराले फिल्म रिलिजअघि पनि कुनै प्रमोसनल कार्यक्रममा सहभागिता जनाएकी थिइनन्। जबकी फिल्ममा खलनायकको भूमिकामा देखिएका विजय सेतुपति हरेक कार्यक्रममा सहभागी थिए। प्रमोसनल कार्यक्रममा शाहरूख र दीपिका नै केन्द्रमा थिए।भारतीय सञ्चारमाध्यमका अनुसार नयनतारा आफ्नो खराब अनुभवका कारण फिल्मको प्रमोसनमा जाँदिनन्। उनी ‘नो प्रमोसन पोलिसी’ मा विश्वास गर्छिन्। उनी आफ्नो काम प्रमोसनमा लाग्नु नभएर अभिनय गर्नु हो भन्ने मान्यता राख्छिन्।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*