
बुटवल।बलिउडमा अमरिश पुरी देख्ने बित्तिकै सातो जाने र टिभी तथा फिल्महल स्क्रिन अगाडी बस्न डर लाग्थ्यो। नेपाली चलचित्र क्षेत्रमा पुराना भिलेन मुरलीधर, सुनिल थापा, राजेन्द्र खड्कीको बेलामा समेत त्यस्तै भान हुन्थ्यो। तर पछिल्लो समय नेपालि चलचित्र क्षेत्रले प्रमोद अग्रहरी पाएको छ।अजङ्ग शरीर नभएपनि उनको हाउभाऊ र लवाई खवाई अनि निडरताको प्रभावले प्रमोद्लाई पक्का भिलेनामा शुट गरेको छ। अभिनेता प्रमोद अग्रहरी पछिल्लो समयका व्यस्त कलाकार हुन्। उनले निभाउने खलपात्रको भूमिकालाई दर्शकले अत्याधिक रुचाएका छन् ।
दमदार आवाज, बुलन्द अभिनयका धनी प्रमोदको डिमान्ड उच्च छ । एक्सन फिल्मका लागि त उनि एकमात्र रोजाइ हुने गरेका छन् खलपात्रको भूमिकामा । पछिल्लो समय उनले ‘अगस्त्य’, ‘रावायण’ जस्ता चलचित्रमा गरेको खलनायकको भूमिकालाई दर्शकले मन पराएका थिए ।उनका अगत्स्य देखि पिताम्बर सम्म आउदा त्यो परिवेश र आफ्नो अभिनयमा एक डेक समेत पछि हटेका छैनन। आफ्नो पोल्टामा परेको चरित्र उनले सहज तरिकाले निम्ट्याएका छन्।
अहिले नेपाली चलचित्र साउथ मुभी र हिन्दि मुभी हेर्ने हरुको ध्यान समेत तान्ने बनाएका छन् प्रमोदले। अझ मधेशको कथामा त उनि बाहेकको लिस्टमा नाम आउदैन। यहाँ चर्चा गरौ पिताम्बरको। हाल सिनेमा हलमा खचाखच दर्शक लिन सफल पिताम्बरले प्रदिप खड्कालाई त दमदार देखायो देखायो त्यसको प्रमुख प्रतिद्वन्द्वी बनाएर प्रमोद निडर भै उभिएका छन्। फिल्म शुरु भए देखि प्रमोदलाई पछ्याउदै एक्सन स्टारमा नाम लेखाइसकेका प्रदिप अन्तिमसम्म लड्छन तर प्रमोदको भिलेन अभिनय कहीं डगमगाएको छैन। प्रदिप यानकी पिताम्बरलाई एक्सन स्टार बनाउन प्रमोद यानकी धनन्जयकै मृत्युसम्म फिल्मले दर्शक बाँधीरहेको हुन्छ। फिल्म शुरु हुन ५ मिनेट अगाडी दर्शक हलमा आउनैपर्छ र इन्टरबलमा समेत समयमै पपकर्न र रेस्टरुमलाई बिदाइ गर्नपर्छ, नभए फिल्मको सस्पेन्स छुट्छ।
पिताम्बरमा धनन्जयको पात्रलाई सबल बनाएका प्रमोद अन्तिम घडी सम्म लड्छन तर उनको अभिनय दमदार लाग्छ। सायद अब नेपाली फिल्मको खलनायकको बागडोर सम्हाल्ने कोशीसमा छन् प्रमोद। प्रमोदको अभिनय, उनको हेराई, बोलाई, खुवाईदेखि सह-खलनायकहरु कुदाउन सक्ने अभिनयले प्रमोद्लाई थप ससक्त बनाएको छ। फटाफट एकपछि अर्को फिल्ममा अनुबन्ध भैसक्ने प्रमोद पछिल्लो पटक दर्शकको रोजाईमा परेका छन्।
नायकको हुटिङ्गजस्तै प्रमोदको हुटिङ्गपनि फिल्महलमा गुञ्जायमान भएको पाइन्छ। पिताम्बरले प्रमोद अग्रहरीको कद अझै बढाएको छ भने दर्शकको साथ् पनि राम्रै पाइरहेको छ। यस्तैमा चैत्र २९ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पिताम्बर’मा उनले निभाएको भूमिकाको प्रशंसा भइरहेको छ । उनले अभिनय गरेको धनन्जयको पात्रलाई दर्शकले अत्याधिक रुचाएका छन् । हल भिजिटका क्रममा उनको पात्रलाई लिएर देखाइएको प्रेमले प्रमोद उत्साहित देखिन्छन् ।
Be the first to comment