क्यान्सरका बिरामी कलाकार गौतमलाई चलचित्रकर्मी कोषको एक लाख सहयोग

बुटवल, २०८० आसोज २ गते । क्यान्सरको उपचार गराइरहेका कलाकार घनश्याम गौतमलाई चलचित्रकर्मी कल्याणकोषले एक लाख रुपैयाँ सहयोग गरेको छ ।सोमबार भक्तपुर क्यान्सर अस्पताल पुगेर गौतमलाई चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलालगायतले चलचित्र विकास बोर्ड मातहतको उक्त कोषले उपलब्ध गराएको सहयोग रकम हस्तान्तरण गरे ।रकम हस्तान्तरण गरेपछि कलाकार प्रतिनिधिहरुले गौतमको स्वास्थ्य अवस्थाबारे अस्पतालका चिकित्सकहरुसँग जानकारी समेत लिएका थिए ।कलाकार गौतम ‘नक्कली प्रचण्ड’को रुपमा चर्चित छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*