करोड बढी पटक हेरिएका ६ गीत समेटेर संगीतकार दीपक शर्माले ल्याए एल्बम ‘करोड’

रंगिन पर्दा ,बुटवल जेठ ७ गते २०८०।संगीतकार दीपक शर्माले करोड भन्दा बढी पटक हेरिएका आफूद्वारा संगीतबद्ध ६ वटा फिल्मका गीतलाई समेटेर एल्बम सार्वजनिक गरेका छन् । आइतबार काठमाडौंमा आयोजित समारोहमा गीतकार राजेन्द्र थापा, संगीतकार चेतन सापकोटा, नरहरि प्रेमी र चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष शान्तिप्रियले संयुक्त रुपमा ‘करोड’ नामक उक्त एल्बम विमोचन गरे ।

यो एल्बममा फिल्म ‘मंगलम्’मा समावेश ‘पर्ख पर्ख मायालु, ‘छक्कापञ्जा ३’ को ‘पहिलो नम्बरमा’, ‘हिजोआजका कुरा’को ‘माया जदौ’, ‘छक्का पञ्जा ३’ कै ‘देखन चम्पा’, ‘छक्कापञ्जा ४’को ‘दर्शन सलाम’ र फिल्म ‘चि मुसी चि’को हवल्दार सुन्तली’ छन् । यी सबै गीतलाई युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएको छ ।एल्बम विमोचन गर्दै संगीतकार नरहरि प्रेमीले शर्माले संगीतमा नयाँ आयाम थपेको बताए । दीपकका गुरु समेत रहेका नरहरिले दीपकलाई आफूले संगीतको बाटो देखाउन प्रेरित गरेको स्मरण गराए । गायनको सुरुवातमा दीपकलाई धेरै संगीतकारले रिजेक्ट गरेको अनुभव सुनाउँदै उनले दीपकका गीत करोड क्लबमा पुगेकोमा खुसी व्यक्त गरे ।
संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले शर्माले गरेको मेहनतको प्रशंसा गरे । ‘गाउँमा कुटो कोदालो छाडेर हार्मोनियम बोकेर आएका हौं, यो बाटो दीपकले पनि समाएको छ,’ उनले भने, ‘करोड पटक गीत हेरिएकोमा बधाई छ । उनले गीतसंगीतका व्यापारीले संगीतकार र गीतकारको रोयल्टी नदिई आफैं मोटाउने गरेको आरोप लगाए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*