“कमेडी विथ महाजात्रा”बुटवलमा

बुटवल,२०८० फाल्गुण २३ गते। दर्शकको पर्खाईमा रहेको ब्लक्बस्टर प्रोजेक्ट तथा प्रदीप भट्टराईको निर्देशनमा निर्माण भएको सिनेमा ‘महाजात्रा’को टिम यतिवेला सिनेमा प्रचारका लागि बुटवल आएको छ। बुधबार सिनेमाको निर्माण टिमसंगै आएका कलाकारहरु कमेडी विथ च्याम्पियनले देखाउने प्रहसनमा पाहुनाको रुपमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र(बिआइसिसी भवन) बुटवल मण्डपमा ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रममा सहभागी भएको निर्माता तथा कलाकार रबिन्द्र सिंह बानियाले बताउनुभएको छ। सो कार्यक्रममा बुटवलका नगर प्रमुख खेलराज पाण्डे र तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चौधरीको समेत उपस्थिति रहेको थियो। ननस्टप हास्यव्यङ्ग प्रस्तुति रहेको सो कार्यक्रममा बुटवलका दर्शकले भरपुर मनोरंजन लिएका थिए।

त्यसअघि सिनेमाको निर्माण टिमले बुटवल होटल पौवामा पत्रकार सम्मेलनको समेत आयोजना गरेको थियो। जहाँ सिनेमाका मुख्य कलाकार निर्माता रविन्द्र सिंह बानियाँ, अभिनेत्री दिपा श्री निरौला, राजाराम पौडेल, कमेडी विथ च्याम्पियनका सबै हास्य कलाकार उपस्थित थिए ।चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माता तथा कलाकार बानियाले ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि ‘महाजात्रा’को उद्देश्य मनोरञ्जन दिने भएकाले सिनेमा हेरर हलबाट फर्किंदा दर्शकले मनोरञ्जनसँगै गहिरो सन्देश घरसम्म लैजाने बताउनुभयो। वरिष्ठ हास्य कलाकार राजाराम पौडेलले ‘महाजात्रा’ मा नेपाली समाजको बर्तमान परिस्थितिलाई गम्भीर तरिकाले प्रस्तुती गरेको बताउनुभयो। ‘षट्कोणभित्र आफुलाई पनि समाबेश गराएको र राम्रो अवसर पाएकोप्रती खुसि ब्यक्त गर्दै राजारामले फ्लिमको कथाबस्तु देखि मेकिङ्ग समेत राम्रो रहेको बताउनुभयो। कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले अघिल्लो सिनेमा जात्रा र ‘जात्रै जात्रा’ पछि दर्शकलाई अझै मनोरंजन संगै ज्ञानगुनका कुरा लिएर जान महाजात्रा सिनेमा निर्माण भएकोले दर्शकले रुचाउनेमा आशावादी रहेको बताए।

सो अवसरमा बोल्दै निर्मातामध्येका एक म्याक्स दीपेश खत्रीले फरक किसिमको मनोरन्जनात्मक फिल्म भएकाले दर्शकले सिनेमा रुचाउनेमा आशावादी रहेको बताए । सिनेमा आगामी चैत्र ९ गतेबाट विश्वभरका सिनेमा घरमा एकसाथ प्रदर्शनमा आउनेछ ।सिनेमामा विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाको शीर्ष भूमिका छ । सिनेमामा हरिवंश आचार्यले खलपात्रको भूमिका निर्वाह गरेका छन् । वर्षा राउत, प्रवीण खतिवडा, शिशिर बाङ्देल, दिव्यदेव पन्त, गौमाया गुरुङ, प्रकाश घिमिरे र पुष्कर गुरुङको सिनेमामा अभिनय छ ।सिनेमाले वक्सअफिसमा उत्साहजनक व्यापार गर्ने आशा राखिएको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको संयूक्त निर्माण रहेको सिनेमाको डायस्पोरा प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ ।जित बहादुर रुवाली एसोसियट निर्देशक रहेको सिनेमामा पुरुषोत्तम प्रधान छायाँकन, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशन तथा आशिष अविरल संगीत, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*