कपाल खौरिएको लुक्समा झरना

बुटवल , २०८० भाद्र १३ गते। राष्ट्रपति भवन शीतल निवासमा पुगेकी अभिनेत्री तथा निर्देशक झरना थापाको लुक्स अघिपछि भन्दा भिन्न देखियो । दुई महिनाअघि कपाल खौरिएकी झरना पहिलोपटक नयाँ हेयर-स्टाइलमा सार्वजनिक रुपमा देखिएकी थिइन् ।उनले त्यहाँ विशेष योगदान सम्मान पनि ग्रहण गरिन् । मुण्डनपछि छोटो कपालमा देखिएकी झरनालाई उपस्थित सबैजसोले उनको हेयरबारे चासो दिए ।

दुई महिनाअघि तिरुपति बालाजी तीर्थयात्रामा भारत जाँदा उनले कपाल खौरिएकी हुन् । उक्त तीर्थधाममा कपाल चढाए मनोकांक्षा पूरा हुने विश्वासका साथ झरनाले पनि कपाल खौरिएर त्यहाँ चढाइन् ।प्रदर्शनको तयारीमा रहेको आगामी फिल्म ‘एक भगवत् गीता’को प्रचारमा समेत उनले कपाल लुकाएर प्रस्तुत हुने गरेकी थिइन् । राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा भने उनले मुण्डन गरिएको कपाल देखाएरै मञ्चमा चढेकी थिइन् ।

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*