लालीबजार, मालती मंगले र गुरुआमा सगै प्रदर्शनमा

बुटवल। आज शुक्रवार एकसाथ ३ फिल्म देशभर रिलिजमा आउने भएका छन्।पाटन उच्च अदालतले प्रदर्शनमा रोक लगाउदै दिएको अल्पकालीन अन्तरिम आदेशलाई बुधवार निरन्तरता दिन अस्वीकार गरेपछि लालीबजार पनि आज शुक्रवारबाटै रिलिजमा आउने भएको छ भने पूर्वनिर्धारित डेटअनुसार मालती मंगले र गुरुआमासहित ३ फिल्म एकसाथ रिलिजमा आउने भएका हुन्।

‘हामीले कुनै समुदाय वा वर्गको भावनामा ठेस पुग्ने गरी फिल्म बनाएका थिएनौ। हामीले आमा र छोरीको कथामा फिल्म निर्माण गरेका छौ“। फिल्मले छोरीका लागि आमाले गर्ने संघर्षको कथा प्रस्तुत गर्छ’ फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले सम्मानित अदालतको आदेशस“गै आजबाट फिल्म रिलिजमा आउने जानकारी गराउदै भने।

यम थापाको लेखन र निर्माणमा बनेको फिल्मको बिहीबार राजधानीमा भएको प्रिमियरमा लालीबजार हेर्नेहरूले यसको प्रशंसा गरेका छन्। फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानिया“, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी, वीरवल चौधरीलगायतका कलाकारले अभिनय गरेका छन्। विशाल देवकोटा र प्रशंसा सुवेदीले यही फिल्मबाट डेब्यु पाएका छन्।

लोकप्रिय गायक रामकृष्ण ढकालद्वारा निर्मित फिल्म मालती मंगले पनि आजैबाट रिलिजमा आएको छ। गीत–संगीत र ट्रेलरबाट पहिले नै चर्चा बटुल्न सफल फिल्मले प्रदर्शनअघि नै राम्रो माहोल बनाइसकेको छ। बुधवार ललितपुरमा आयोजित प्रिमियर शोका सहभागीले फिल्मलाई सकारात्मक प्रतिक्रिया दिएका थिए। प्रिमियरपछि धेरैले फिल्मको कथा, प्रस्तुति र गीत–संगीत मन परेको बताएका छन्।

युनी इन्टरटेन्मेन्टको सहकार्यमा रानी फिल्म्स्को ब्यानरमा बनेको फिल्मको निर्देशन प्रकु पाण्डेयले गरेका छन्। कथा निर्देशक पाण्डेयकै छ भने पटकथा र संवाद संयोग गुरागार्ईंले तयार पारेको फिल्ममा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा छन्। प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुष्मा निरौला, सुनिल तामाङलगायतका कलाकारले पनि अभिनय गरेका छन्। फिल्मका सुनैको सपनी, ढुंगामाथि लेऊ र झ्याम पारमजस्ता गीत दर्शकमाझ लोकप्रिय छन्।

त्यसै गरी अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माको शीर्ष भूमिकामा बनेको फिल्म गुरुआमा पनि आजैबाट रिलिजमा आउदै छ। प्रेम सोनी सुनारद्वारा निर्देशित फिल्ममा मिथिला शर्मासगै बुद्धि तामाङ, प्रेम सोनी सुनार, सुशील पोखरेल, धु्रव कोइराला, टिका सुनार, गौरी मल्ल, पूजा शर्मा, उत्तम केसी, रश्मिका हमाल, बालचन्द्र बराल, गिरीप्रसाद पुन, उषा कार्की, पदम थापा, केपी बगाडिया, टंक मरासिनी, जास्मिन मगर, सविक्षा शर्मा, आदर्श घताराज, अर्जुन घिमिरे, सफल पौडेल, विश्वास नेपाल, कमला परियार, उदय आत्रित, सुमन विश्वकर्मालगायत कलाकारले अभिनय गरेका छन्।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*