मंसिर ९ मा काठमाडौंमा अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिभल

बुटवल, ५ मंसिर २०८० । अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिभलको तेस्रो संस्करण हुने भएको छ । महिला पत्रकारको छाता संस्था इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन (आईवार्ट)को नेपाल शाखाले महोत्सव गर्न लागेको हो । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार मंसिर ९ गते चलचित्र विकास बोर्डको हलमा फेस्टिभलमा आयोजना हुनेछ । महिला फिल्म निर्मातालाई प्रोत्साहित गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागेको आईवार्ट नेपाल च्याप्टरकी अध्यक्ष इच्छा गुरुङले बताइन् । फेस्टिभलमा देश तथा विदेशका महिला फिल्म निर्मात्री सहभागी हुनेछन् ।

सोही दिन नेपाली लघु फिल्म प्रतिस्पर्धा समेत आयोजना गरिनेछ । फिल्म क्षेत्रमा रहेका रचनात्मक सोच भएका महिलालाई फेस्टिभलले प्रोत्साहित गर्ने फेस्टिभल निर्देशक संगीता श्रेष्ठले बताइन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*