बुटवलमा फर्की-फर्की लगातार ५ दिनसम्म हाउसफुल

तिलोत्तमा, १४ जेठ २०८१ । दर्शकले अनमोल केसीको १० औ फिल्म फर्की-फर्की लाई असाध्यै मनपराएको तथ्य खुलेको छ।  उनको यस अघिको चलचित्रबाट निराश दर्शकले अनामोल्लाई एकपटक फेरी फिल्म क्षेत्रमा चान्स दिएका छन्। आफ्नो जोडी जसिता गुरुङ संग जमाएका अनमोल अभिनित पछिल्लो फिल्म फर्की-फर्की मा दर्शक खचाखच भरिएपछि अहिले फिल्महलमा पनि रौनक छाएको छ। रिलिजको दिन बिहिबार देखि नै हाउसफुल बनिरहेको फर्की-फर्की लाई अनमोलको फरक अभिनय , दमदार चकलेटीपन र एक्सनलाईफेरी दर्शकले मनमा क्याच गरेका छन।
बुटवलको द्वारिका उदय सिनेमाका कृष्ण श्रेष्ठका अनुसार फर्की-फर्कीले ओपनिङ्ग देखिने लगातार एकानासाको ब्यापार गरेको बताउछन। त्यस्तै क्यु बक्स आइ एन आइ का संचालक महेन्द्र नारायण श्रेष्ठले बुटवलला दर्शको रोजाईमा फेरी अनमोल परेकोले फिल्म शुरु देखि नै हाउसफुल बनेको बताएका छन्।  त्यस्तै दर्शक अधिक आउने भटभटेनिमा रहेको क्यु एफ एक्समा पनि लगातार हरेक दिन हाउसफुल रहेको म्यानेजर महेश्वर बताउछन। बिहिबार देखिने फिल्म हेर्न आउने दर्शक उत्तिकै संख्यामा रहेको उनको दावी छ।
टीनएजमा आउने उतारचढाव र त्यो उमेरमा गरिएका स साना गल्ति र आडम्बरले जिबनमा पार्ने प्रभावका बारेमा बनेको फिल्म फर्की-फर्कीको कथा बस्तु घर आउदा सम्म फर्की-फर्की मनमा आउने दर्शक बताउछन। अनमोलको अभिनयले जो कसैलाई पनि फेरी एउटा उत्साह थपिदिएको दर्शकको भनाई छ।  फिल्ममा अनमोल र जसितासंगै निर्मल शर्मा, कृष्ण मल्ल, रवि काफ्ले र समृद्धि अर्यालको पनि अभिनय छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*