साइलेन्स सस्पेन्स बोकेको फिल्मले अब यस्तो हुन्छ होला भन्ने दर्शकले सोचे भन्दा ठिक उल्टो बनाई फिल्मलाई अझै रोमाञ्चक बनाइदिन्छ। अप्ठ्यारो स्थितिमा झुल्कने निश्चत बस्नेतले फिल्मको भारी बोकेका छन्। कडा अभिनयमा जमेका सौगात मल्ललाई टिठ मान्ने र माया बटुल्ने दर्शक हलमा पाइन्छ। सोझो चरित्र निभाएका नाजिर हुसैनको कडा रुप दर्शकले थाहा पाएपछि भने फिल्मले नया मोड लिन्छ। समग्रमा चलचित्र अगत्स्य उत्कृस्ट बनेको छ। एकपटक साउथमुभी र नेपालि मुभीको सिनेमाटो फ्युजन हेर्न लालायित दर्शकलाई अगत्स्यले मिठो मसला दिन सक्छ। शनिबारसम्म राम्रो अकुपेन्सी निकालेको फिल्मले प्रदर्शनको पहिलो हप्ता राम्रो ब्यापार त गर्छ नै, अझ दोस्रो हप्तामा झन् दर्शक हलमा बटुल्ने निश्चित छ।
बुटवलको क्यु-बक्स सिनेमा मिलनचोकमा परासीका दर्शकहरुमाझ फिल्महलमा परासीका भिआइपीसंग झुल्किएका प्रमोद अग्रहरीले रामग्राम नगरपालिकाका धनपत यादव, जिल्ला प्रसासन कार्यालय नवलपरासी (बसुप )का प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुख, जिल्लाका प्रमुख सेनानी लगायत उच्च ओहदाका व्यक्तिहरुको जमघट थियो। फिल्म हेरेपछि उत्कृस्ट प्रतिक्रिया दिएका उनीहरुले नेपाली फिल्मको गुणस्तर माथि पुगिसकेको र अन्य देशको फिल्मको तुलनामा यसको कथाबस्तु, मेकिङ्ग, अभिनय र लोकेशन लगायतका अन्य प्राबिधिक पक्ष सबल रहेको बताएका थिए।
नेपालको तराई क्षेत्र र भारतको गोरखपुरमा छायांकन भएको फिल्ममा अभिनेता सौगात मल्ल एक्सन अवतार र मानसिक सन्तुलन गुमेको चरित्रमा प्रस्तुत छन् । दर्शकलाई हलमा आकर्षित गर्ने यही ठूलो आधार मानिएको छ । ट्रेलरबाटै उनले एकखालको प्रभाव छाडेका छन् । ‘अगस्त्य’मार्फत् दोस्रो च्याप्टरको पनि निर्माण घोषणा गरिएको छ । जसलाई २०२६ मा प्रदर्शन गर्ने जनाइएको छ ।नेपालमा बढ्दो मानव अंग तस्करीको कथालाई मियो बनाएर फिल्मले एक्सन, प्रेम र मित्रतालाई देखाएको छ ।
निर्देशक चौधरी स्वयंको लेखन रहेको फिल्ममा सौगातसँगै नाजिर हुसेन, मलिका महत, विजय बराल, रवीन्द्र झा, शिशिर वाङ्गदेल, बेन बस्नेत लगायतको पनि अभिनय छ । फिल्ममा निश्चल बस्नेत केमियो भूमिकामा छन् । फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेल निर्मातामा छन् भने कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन्। ‘अगस्त्य’का छायाँकार सञ्जय लामा हुन् ।
Be the first to comment