
काठमाडौं : शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा सिनेमा केशव पाण्डे निर्देशित ‘११ः ५५’ (डु नट ट्रस्ट एनिवन) र ऋषिराज आचार्य निर्देशित ‘द्रौपदी’ आएको छ । क्राइम थ्रिलर ‘११ः५५’ रहेको छ भने सोसल ड्रामा ‘द्रौपदी’ रहेको छ ।सिनेमा ‘११ः ५५’ (डु नट ट्रस्ट एनिवन) को बुधबार रेडकार्पेट प्रिमियर शो आयोजना गरिएको थियो । कमलपोखरीस्थित बिग मुभिज सिटी सेन्टरमा आयोजित प्रिमियर शोमा सिनेकर्मी र सन्चारकर्मीहरुको बाक्लो उपस्थिति थियो । प्रिमियर शोमा सिनेमाले तारिफ बटुलेको थियो ।
केशव पाण्डेको डेब्यु निर्देशकीय रहेको यो सिनेमामा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेब्यु अभिनेता सागर खनालको अभिनय छ । सिनेमामा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ ।अलमोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवासराज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनरका रूपमा रहनुभएको छ ।
विचित्र फिल्मस् र गुड जब आट्र्सको ब्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज रहेको यो सिनेमालाई कुवेर सिने डिष्ट्रिब्युसन प्रालिले वितरण गर्दैछ ।त्यस्तै, ऋषिराज आचार्य निर्माता, निर्देशक तथा आफ्नै मुख्य भुमिका रहेको सिनेमा ‘द्रौपदी’मा कर्णालीको दुर्गम क्षेत्रको कला, संस्कृति, भाषा, परम्परा र त्यहाँको जनजीवनको पीडालाई समेटेको बताइएको छ । सिनेमामा ऋषिको अलावा ‘नेपाल आइडल’ विजेता गायक रवि ओड, अश्विनी शाही, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता पौडेल लगायतको अभिनय छ ।आरबी मुभिजको ब्यानरमा बनेको सिनेमाको निर्माता निर्देशक आचार्य स्वयं र प्रकाश ज्ञवाली हुनुहुन्छ । विष्णु ठडराई सह-निर्माता रहेको यो सिनेमाको गीतमा रवि ओड र इन्द्रकला राईको स्वर छ ।
Be the first to comment