‘दिमाग खराब’ सिम्पल व्यक्तिको कथा हो : निश्चल

बुटवल, २१ कात्तिक २०८० । दसैँको समयमा रिलिज भएका दुई फिल्म ‘पशुपति प्रसाद २ : भष्मेडन’ र ‘परदेशी २’ले राम्रो व्यवसाय गरेका छन् । तिहारको अवसरमा भने एकमात्र फिल्म ‘दिमाग खराब’ रिलिज हुँदै छ । आगामी शुक्रबारदेखि रिलिज हुने फिल्मले व्यवसाय गर्ला भन्ने चासो फिल्मी क्षेत्रमा छ । फिल्म निश्चल बस्नेतले निर्देशन गरेका हुन् । ‘लुट’बाट निर्देशनमा होमिएका बस्नेत तेस्रो फिल्म ‘लुट २’ दिएका थिए । त्यसपछि करिब ६ वर्षपछि ग्याप बसेका उनले अहिले यो फिल्म बनाएका हुन् । लामो समयपछि निश्चल निर्देशनमा फर्किएकोले पनि यसलाई सबैले महत्वका साथ हेरेका छन् ।

६ वर्षपछि निश्चलले कस्तो फिल्म ल्याए ? धेरैको चासोको विषय यही हो । एक व्यक्तिको सिम्पल कथामा आफूले ‘दिमाग खराब’ बनाएको निश्चल बताउँछन् । ‘फिल्मको ट्रेलर हेर्दा फिल्ममा विभिन्न विषयवस्नु रहेको अनुमान गर्न सकिन्छ’, निश्चलले भने ‘फिल्म एउटा सिम्पल कथामा बनेको छ । ट्रेलरमा देखिएका विभिन्न विषयवस्तु कथामा आउने उतारचढाव हुन् ।’

हुन त ट्रेलर हेर्दा ‘दिमाग खराब’ राजनीतिक विषयवस्तुको फिल्म हो कि भन्ने भान पनि हुन्छ । निश्चल यो राजनीतिक फिल्म नभएको स्पष्ट पर्छन् । ‘एउटा साधारण मानिस समाज, सिस्टम लगायत विभिन्नबाट कसरी हैरानी भोग्छ । फिल्म त्यही हो’, निश्चलले थपे, ‘एउटा सामाजिक कथामा बनेको फिल्म हो । यसमा राजनीति नै झुकेर आउँछ भन्ने देखाइएको छ ।’

‘दिमाग खराब’ रौनक विक्रम कँडेलले बनाएका हुन् । फिल्ममा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, सुमन कार्की, राजन खतिवडा, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जनलगायतको अभिनय छ ।फिल्मका कार्यकारी निर्माता सुरजबम ठकुरी रहेका छन् । फिल्मले चलचित्र सेन्सर बोर्डबाट सबैले हेर्न मिल्ने युनिभर्सल सर्टिफिकेट पाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*