
बुटवल, फागुन २०। पछिल्लो समय नामका कारण विवादमा तानिएको चलचित्र ‘रङ्गेली’को ‘घामले ताराले’ बोलको गीत सार्वजनिक गरिएको छ। चलचित्रको नामक कारण विवाद चलिरहदा निर्माण टिमले उक्त गीत सार्वजनिक गरेको हो।सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य २ कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन्। चलचित्र निर्माणपक्षले एकातिर, विवाद मिलाउन लागिपरेको छ भने अर्कोतिर चलचित्रको प्रचारलाई पनि तिव्रता दिइरहेको छ । गीतमा दयाहाङ र मिरुनालाई रोमान्टिक देखिएको छ। गीतमा निशान भट्टराई र अनु चौधरीको स्वर, हर्क साउदको शब्द तथा सुशान्त गौतमको संगीत छ ।
फागुनको २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यो चलचित्रलाई निर्देशक अर्जुन सुवेदी निर्देशन गरेका हुन्।चलचित्रमा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत, सुशन प्रजापतिको छायांकन छ । जितेन्द्र खतिवडा र अनुज जंग थापा कार्यकारी निर्माता रहेको चलचित्रको संसार चौलागाई र रमेश भट्टराई निर्माता हुन् । युवक कार्की र शिव शंकर चौलागाई सह–निर्माता रहेको चलचित्रमा विवेक खड्का एसोसियट निर्माताको रुपमा छन्।दया र मिरुनाको अलावा चलचित्रमा अर्पण थापाको मुख्य भूमिका छ । चलचित्रमा प्रवीण खतिवडा, रमेश वुढाथोकीको पनि अभिनय छ ।
Be the first to comment