जेठ २६ गतेदेखि देशभर ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन हुने

बुटवल, जेठ १५, २०८०। सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्म ‘वेलकम टु हेम्जाकोट’ को प्रदर्शन मिति घोषणा गरिएको छ।निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन्। यो फिल्म जेठ २६ गतेदेखि प्रदर्शन हुनेछ।क्लाेजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानी छ।

फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, जयनन्द लामालगायत कलाकारको अभिनय छ।केही समयअघि काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा यसले उत्कृष्ट नेपाली फिल्मको अवार्ड जितेको थियो। पोखरामा रहेको पर्यटकिय स्थल हेम्जाकोटमा खिचिएको फिल्मको नाम पनि त्यहीँबाट सापट लिइएको हो।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*