बुटवल। बिहीबार भएको प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर अनपेक्षित नतिजा ल्याइरहेको छ । नयाँ शक्तिको रूपमा उदाएको रास्वपाले पुराना राजनीतिक शक्तिहरूलाई धक्का दिइरहँदा सोही पार्टी लक्षित एक अभिव्यक्तिका कारण अभिनेता राजेश हमाल भने विवादमा तानिएका छन् ।जेंजी आन्दोलन ताका अमेरिकामा रहेका उनले मन्त्रि बनाउने भए नेपाल फर्कने समेत गाईगुंई थियो। तर नपाउने भएपछी उनि आएनन।
के थियो हमालको अभिव्यक्ति ?
निर्वाचनको पूर्वसन्ध्यामा हमालले एक भिडियो सन्देशमार्फत राजनीतिक परिपक्वता भएका पुराना दलहरूको धमिलिएको छवि र नयाँ शक्तिको राजनीतिक दूरदर्शिता स्पष्ट नभइसकेकाले मतदाताका लागि छनोट कठीन रहेको बताएका थिए । उनले भदौ २३ र २४ गतेका घटनाबीच सम्बन्ध थियो वा थिएन भन्ने विषय अझै स्पष्ट नभएको पनि उल्लेख गरेका थिए ।उनले भिडियोमा भनेका थिए, ‘भोट गर्दै गर्दा हामीमाझ चुनौती नै रहनेछ । किनभने, पुराना र राजनीतिक परिपक्वता भएका राजनीतिक दलहरूको धमिलिएको छवि र नयाँ शक्ति भनाउँदाहरूको राजनीतिक अपरिपक्वता र दूरदर्शिता खासै छर्लङ्गका साथ नेपाली जनतामाझ आइसकेको छैन । यो अवस्थामा चुनाव हुँदैछ । यसैले मतदाताका लागि छनोट सजिलो छैन ।’
हमालले आफ्नो सन्देशमा पुराना पार्टीलाई ‘राजनीतिक रूपमा परिपक्व’को संज्ञा दिएर नयाँ शक्तिलाई ‘अपरिपक्व’ र ‘भनाउँदाहरू’ भनेकोप्रति सामाजिक सञ्जालमा धेरैले आपत्ति जनाएका छन् । त्यसलाई कतिपयले रास्वपामाथिको प्रहारका रूपमा लिएका छन् । उनले नयाँ पुस्ताको परिवर्तनको चाहनालाई अपमान गरेको आरोप समेत लागेको छ ।रास्वपा समर्थकहरूले सामाजिक सञ्जालमा हमाललाई ‘पुराना दलको एजेन्ट’ र ‘परिवर्तन विरोधी’ भएको भन्दै टिप्पणी गरिरहेका छन् । धेरैले उनलाई ‘आउटडेटेड कलाकार’को संज्ञा समेत दिएका छन् । यद्यपि, हमालले आफ्नो विरोध र आलोचनाबारे हालसम्म कुनै स्पष्टीकरण दिएका छैनन् । आफ्नो अभिव्यक्तिका कारण उनी विवादमा तानिएको सम्भवतः यो पहिलो पटक हो ।



Be the first to comment