‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीत सार्वजनिक

काठमाडौं। फिल्म ‘राम नाम सत्य’ले गीत सार्वजनिक गर्दै प्रचार–प्रसारलाई तीव्र बनाएको छ। आइतबार युट्युबमार्फत फिल्मको रोमान्टिक गीत ‘धागोले बाटेको’ सार्वजनिक गरिएको हो।आगामी २७ चैतदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको उक्त गीतमा बाबुल गिरी र रचना रिमालको स्वर रहेको छ भने डीआर उपाध्यायको शब्द र बाबुल गिरीकै संगीत रहेको छ।

रोमान्टिक शैलीमा तयार पारिएको गीतमा कलाकार विराज भट्ट र सुपुष्पा भट्ट फिचर्ड छन्। गीतमा दुवै कलाकारको रोमान्टिक केमेस्ट्री प्रस्तुत गरिएको छ।माइकल इन्टरटेनमेन्ट हाउसको ब्यानरमा निर्माण भएको फिल्ममा उपेन्द्र शाही र श्वेता बिमलीको लगानी रहेको छ। किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता रहेका छन् भने मोती कार्की क्रिएटिभ प्रोड्युसरका रूपमा संलग्न छन्। लाइन प्रोड्युसरको जिम्मेवारी राजेन्द्र आचार्यले सम्हालेका छन्।

फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत रहेको छ। माइकल चन्दको पटकथा रहेको यस फिल्ममा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन तथा काला चरणको ब्याकग्राउन्ड म्युजिक रहेको छ।‘पर्दा पछाडिको पर्दा’ थिममा निर्माण गरिएको फिल्ममा सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुषसिंह ठकुरी, प्रशान्त ताम्राकार र सुनिल थापा लगायतका कलाकारको अभिनय रहेको छ। एक्सन, सस्पेन्स र लभस्टोरी जनरामा तयार पारिएको फिल्मले फरक कथावस्तु प्रस्तुत गर्ने निर्माण पक्षको दाबी छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*