‘हुक्का’ ट्रेलरमा पारिवारिक कलह

सुरज पाण्डे / बुटवल बैशाख १९ गते २०८०।जेठ १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘हुक्का : एन एब्सर्ड ड्रिम’को ट्रेलर सार्वजनिक गरिएको छ । करिब तीन मिनेट लामोको ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ आदि प्रस्तुत छन् । फिल्म पारिवारिक विषयमा तयार भएको ट्रेलरले बुझाउँछ । यद्यपि, ट्रेलर ‘कटिङ’ कमजोर छ ।

स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ । फिल्ममा प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा तथा संवाद, विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, दीर्घ खड्काको सम्पादन र कृष्ण बहादुर थापाको छायांंकन रहेको छ ।

फिल्मको कार्यकारी निर्मातामा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय रहेका छन् । निश्चल विमल, अर्जुन गोदार, कुमार गुरुङ्ग र बाल कलाकार अङ्कित जिसीको पनि अभिनय रहेको फिल्ममा रेश्मा प्रधान सह-निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्मातामा छन् । फिल्मको वितरण काठमाडौं उपत्यकामा स्टेशन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन् ।

 

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*