श्रीमान् संग छुट्टि मनाउन फिलिपिन्समा आचल

बुटवल, १४ कात्तिक २०८०। अभिनेत्री आँचल शर्मा यतिबेला फिलिपिन्समा छिन् । श्रीमान् उदिप श्रेष्ठसँंग छुट्टि मनाउन उनी त्यहाँ पुगेकी हुन् । श्रीमानका साथ फिलिपिन्सको प्राकृतिक सौन्दर्यमा उनी रमाइरहेकी छन् । फिलिपिन्स पुगेपछि आँचल बिकिनीमा समेत देखिएकी छन् । उनले आइतबार सामाजिक सञ्जालबाट सार्वजनिक गरेको तस्बिरमा उनलाई बिकनीमा देख्न सकिन्छ । समुद्री किनारमा खिचाएको उनका बिकिनी तस्बिरले सामाजिक सञ्जाल लाइक र कमेन्ट समेत धेरै पाएको छ । आँचल पछिल्लो समय रामबाबु गुरुङ निर्देशक रहेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ अभिनयरत छिन् । फिल्मको पहिलो चरणको छायांकन सकिएको छ । दोस्रो चरणको छायाँकन तिहारपछि सुरु हुनेछ । फिल्मको छायांकनको यो ग्याप समय सदुपयोग उनले फिलिपिन्स भ्रमणमा गरेकी हुन् ।

आँचल केही पहिले फिल्म ‘ह्वाइट हाउस’ र ‘पञ्चामृत’ पनि अनुबन्धित भएकी थिइन् । ‘ह्वाइट हाउस’ मा उनी रमेश उप्रेतीको जोडीको रुपमा देखिनेछिन् भने ‘पञ्चामृत’मा उनको जोडी धिरज मगर बन्नेछन् ।

अघिल्लो वर्ष फिल्म ‘झिँगेदाउ’ हिट दिएकी आँचलको यो वर्ष प्रदर्शनमा आएको ‘नाईं नभन्नू ल ६’ फ्लप भयो । ‘नाईं नभन्नू ल ६’ फ्लप भएपछि फुर्सदिलो बनेकी उनले हाल प्रदर्शनरत फिल्म ‘पशुपति प्रसाद २ ः भष्मे डन’मा एक गीतमा समेत अभिनय गरेकी छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*