प्रकाश सपुतले छमछमी नचाए प्रधानमन्त्री प्रचण्डलाई

बुटवल, २०८० चैत ४ गते । गायक प्रकाश सपुतले आफ्नो चर्चित गीत ‘गलबन्दी’मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छमछमी नचाएका छन् । पोखरा सहरलाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गर्न आयोजित समारोहमा सपुतको गीतमा प्रचण्डसहित गण्डकी प्रदेशका मुख्यमन्त्री, पूर्वगृहमन्त्री र पोखराका मेयर मजाले नाचे। सपुतले पञ्जैबाजाको अर्को ट्रयाकमा पनि उपस्थितलाई नचाए । प्रचण्डलाई अब्बल क्रान्ति नायक भन्दै गायक सपुतले उनीसामु आफूले पहिलो सांगीतिक प्रस्तुति रहेको बताए ।

सपुतले ‘गलबन्दी’ गीत गाउन सुरु गर्दा प्रधानमन्त्री प्रचण्डसहितका अतिथि सबै उठेर मंचमा नाच्न तयार भएका थिए । अर्का गायक धर्मेन्द्र सेवानले अर्को चर्चित गीत ‘रेशम फिलिली’ गाएर समारोहमा मनोरञ्जन दिए । गायक प्रमोद खरेलले पनि सांगीतिक प्रस्तुति दिएका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*