किन विदेश उडे मोडल सविन कार्की ?

बुटवल, २०८० पुष ३ गते ।युवापुस्ता माँझ लोकप्रिय मोडल सविन कार्की विदेश उडेका छन् । उनले बुधबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफु विदेश उडेको जानकारी दिएका हुन् । ‘सम्झनाहरुका लागि धन्यवाद, गुबाई नेपाल’ उनले पोष्ट गरेका छन् । उनले विदेश यात्रामा कहाँ र किन भन्ने बिषयमा केही खुलाएका छैनन् । कार्कीलाई धेरैले बीस्ट भनेर चिन्छन् । उनको ‘बीस्ट’ नामको युट्युव च्यालन पनि छ । कार्टुन क्रुजका डान्सरको रुपमा उदाएका उनका ‘फन्टास्टिक’, ‘भाइरल भैइदियो’ निकै हिट म्युजिक भिडियो हो ।

भिडियो मोडलिङबाट कोरियोग्राफी समेत थालेका उनी पछिल्लो समय गीत लेख्ने, गाउने, कमेडी गर्ने र म्युजिक भिडियो निर्देशन समेत गर्दै आएका थिए । सानैदेखि नाचगानमा रूची भएका गुल्मीका सविन झन्डै एक दशक कार्टुन क्रुजमा काम गरेपछि अलग्गिएका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*