अभिनेता सलिनमानले खोले वसन्तपुरमा कोरियन रेस्टुरेन्ट

बुटवल, २०८० असोज १२ गते । पछिल्लो समय कलाकार रेस्टुरेन्ट व्यवसायमा धमाधम देखिन थालेका छन् । यस्तैमा अभिनेता सलिनमान बनियाँले पनि रेस्टुरेन्ट व्यवसाय थालेका छन् ।सलिनमानले साथीहरुसँग मिलेर काठमाडौँको पर्यटकीय क्षेत्र वसन्तपुरमा कोरियन रेस्टुरेन्ट ‘कोरियन किनी’ खोलेका हुन् । जसको जानकारी उनले सामाजिक संजाल मार्फत दिएका छन् । ‘चिया अड्डा’ रहेको भवनको माथिल्लो तल्लामा सलिनको रेस्टुरेन्ट छ । मंगलबारदेखि सञ्चालनमा आएको रेस्टुरेन्टमा कोरियन खानाका परिकारहरु पाइनेछ । सलिनमान आफैँमा ‘कोरियन खाना’को पारखी हुन् ।

‘ए मेरो हजुर २’बाट फिल्म अभिनयमा देखिएका सलिनमानले दोस्रो फिल्मको रुपमा ‘यात्रा’ अभिनय गरे । यात्रापछि कुनै पनि फिल्म अभिनय नगरेका उनलाई लिएर फिल्म बनाउन धेरै मेकर तयार छन् । तर उनी भने अभिनयबाट बाहिर रहँदै आएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*