रंगिन पर्दा ,बुटवल जेठ ७ गते २०८०।युवास्टार अनमोल केसी र नायिका जसिता गुरुङले स्क्रिनशेयर गर्ने भएका छन्। रोहित अधिकारीले निर्माण गर्ने तथा सुयोग गुरुङले निर्देशन गर्ने चलचित्रको नाम ‘फर्की फर्की’ राखिएको छ।
शुक्रबार साँझ निर्माता अधिकारीले सामाजिक सञ्जालमार्फत चलचित्रबारे जानकारी दिएका छन्। उनले यो चलचित्र प्रेमकथामा आधारित हुने खुलाएका छन्। निर्माण सहकार्यमा रोहितसँगै ओएसआर डिजिटलका ओम अग्रवाल र श्याम कँडेल पनि हुनेछन्।
निर्देशक गुरुङले यसअघि चलचित्र ‘सानो मन’ निर्देशन गरेका थिए।
Be the first to comment